अर्थ

ग्यालेक्सी एआई आउँदै

सामसङ ग्यालेक्सीले एआईको नयाँ युग सुरु गर्ने बताएको छ।

अहिले सबैको आँखा एआईमा केन्द्रित भए पनि यसको केही खास विशेषता अझैसम्म मोबाइल प्रविधिमा आइनसकेको बताउँदै ग्यालेक्सी त्यसलाई बदल्ने तयारीमा रहेको जनाएको छ।

ग्यालेक्सी एआईमा दुई किसिमका एआई प्रविधि समावेश भएको कम्पनीले जनाएको छ। ग्यालेक्सी एआईको एउटा मुख्य विशेषता ‘फोन कल’ भएको उल्लेख गर्दै एआई लाइभ ट्रान्सलेट कलले चाँडै नै प्रयोगकर्ताहरूलाई जतिबेला आवश्यक पर्‍यो त्यति नै बेला आफ्नो पर्सनल ट्रान्सलेटर उपलब्ध गराउने कम्पनीले बताएको छ।

यस्तै ग्यालेक्सी डिभाइसकै कलसँग एकीकृत गरिएकाले तेस्रो पक्षको एप चलाइरहन पर्ने झन्झट नहुने, अडियो र टेक्स्ट लेखे/बोलेकै समयमा नै अरू भाषामा अनुवाद भएर आउने कम्पनीले जनाएको छ।

ग्यालेक्सी एआई डिभाइसमा नै भएको हुँदा, यसले गोप्य वार्तालापहरू फोनमा नै सीमित राखिदिनेछ। आउँदो वर्षको सुरुमा ग्यालेक्सी एआईले ग्राहकले नयाँ एआई प्रविधियुक्त ग्यालेक्सी पाउने कम्पनीले बताएको छ।

प्रकाशित: १२ मंसिर २०८० ०३:२७ मंगलबार

सामसङ ग्यालेक्सी एआईको नयाँ युग सुरु गर्ने