अर्थ

कुमारी बैंकमा नयाँ सिइओ नियुक्त

कुमारी बैङ्कले नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ।

बैंकका सिइओ रमेश अर्यालले राजीनामा दिए पछि बैंक सञ्चालक समितिले रामचन्द्र खनाललाई सिइओ नियुक्त गरको हो।

एनसीसी बैंक कुमारीमा मर्ज भएपछि सिइओ बनेका अर्यालले राजीनामा दिए पछि नयाँ सिइओ नियुक्त भएका हुन्। खनाललाई ४ वर्षका लागि सिइओ नियुक्त गरेको बैङ्कले जनाएको छ। खनाल चार्टर्ड एकाउन्टेन्ट हुन्।

खनालसँग बैंक तथा वित्तीय संस्थामा करिब ११ वर्ष काम गरेको अनुभव छ। खनाल यसअघि एनआईसी एसिया क्यापिटलमा पनि सिइओ थिए।

प्रकाशित: १ मंसिर २०८० १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App