अर्थ

विभाग भन्छ: ‘निर्मल पुर्जाले अनुमति लिएनन, पुर्जाको कम्पनी भन्छ,सबै अनुमति सुरक्षित छन्।’

सगरमाथा क्षेत्रमा अनुमतिबिना कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले ‘स्काई-डाइभिङ’ गरेको पर्यटन विभागले दाबी गरेपनि पुर्जाले ‘स्काई-डाइभिङ गरेकाे कम्पनी एलिट स्काई डाईभिङ्ग प्रालिले त्यसको खण्डन गरेको छ।

विभागको श्रोतले यसअघि पुर्जाले सगरमाथा क्षेत्रमा अनुमतिबिना ‘स्काई-डाइभिङ’ गरेकोले स्पष्टिकरण सोध्न लागेको जानकारी नागरिकन्यूजलाई दिएको थियो। पुर्जाले  ‘स्काई(डाइभिङ’ गर्नेबारे विभागसंग केहि समन्वय नगरेको भन्दै स्पष्टिकरण सोध्ने तयारी गरेको विभागले जनाएको थियो।  

कम्पनीले यसको खण्डन गरेको छ। उनको कम्पनी एलिट स्काई डाईभिङ्ग प्रालीले भने प्रक्रिया पुर्याएर स्काई-डाइभिङ सञ्चालन गरेको बताएको छ।

कम्पनीका कर्पोरेट डाइरेक्टर एजिस पोखरेल आफूहरुले मन्त्रालयबाट अनुमति लिएर  स्काई-डाइभिङ गरेको बताए।

उनले भने,'नियम अनुसार गृह मन्त्रालय, पर्यटन मन्त्रालय, नागरिक उडड्यन प्राधिकरण र निकुञ्जबाट अनुमति लिनुपर्ने हुन्छ सोहि अनुसार हामीले अनुमति लिएर नै सञ्चालन गरेका हौं। उनले आफुसँग भएका अनुमतिका सम्पूर्ण कागजपत्र नागरिकन्यूजलाई उपलब्ध गराएका छन्।'

पर्वतारोही पुर्जाले सगरमाथा क्षेत्रमा स्काई–डाइभिङको सुरुवात गरेका थिए। उनले यसलाई ‘स्काई डाइभ निम्स दाइ’ नाम दिएका थिए।

६ महिना ६ दिनमा आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ हिमाल आरोहण गरेका उनले आफ्नो महत्वाकांक्षालाई थप उचाइ दिन भन्दै स्काई डाइभको औपचारिक सुरुवात गरेका थिए।  

( *माथि उल्लेखित समाचार निर्मल पुर्जाको कम्पनीका भनाइहरु समावेश गरेर संशोधन गरेका छौं ।) 

प्रकाशित: १४ कार्तिक २०८० ०८:०९ मंगलबार

पर्यटन विभाग ‘स्काई-डाइभिङ’ कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा