अर्थ

जनकपुरमा पनि महिन्द्राको सोरुम

अग्नी ग्रुपले धनुषा जिल्लामा स्कर्पियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० सार्वजनिक गरी बिक्री, सेवा र पार्टपुर्जासहितको सोरुम स्थापना गरेको छ।

काठमाडौं र इटहरीमा स्कर्पियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० को स्थापनापछि क्षेत्रीय स्तरमा दोस्रो आधिकारिक सो रुम बनेको कम्पनीले जनाएको छ।

नयाँ सो रुमको उद्घाटन उपप्रधानमन्त्री तथा पूर्व परराष्ट्र मन्त्री रघुविर महासेठ, महिन्द्रा एन्ड महिन्द्राका भाइस प्रेसिडेन्ट–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा, महिन्द्रा एन्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर र अग्नि ग्रुपका डेपुटी सेल्स डाइरेक्टर वरदान बस्नेतले संयुक्त रूपमा गरेका छन्।

यसै क्रममा महिन्द्रा एन्ड महिन्द्राका उपाध्यक्ष (अन्तर्राष्ट्रिय अपरेसन अटो) जोयदीप मोइत्राले कम्पनीले उपभोक्ताको चाहनामा आधारित विभिन्न शृंखलाका उत्पादन उपलब्ध गराउनमा ध्यान केन्द्रित गरेको जनाउँदै महिन्द्राका सबै बिक्री साइटहरूमा समान स्तरको सेवाका कारण अधिकतम उपभोक्ताले सन्तुष्टि प्राप्त गरिरहेको बताए।

यस्तै ऋचा मोटर्सका प्रबन्ध निर्देशक राजेश अग्रवालले महिन्द्राका एसयुभी सोरुमले ग्राहकलाई महिन्द्राका स्कर्पियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० जस्ता गाडीको गुणस्तरीय स्पेयर पार्टसहरूको बिक्री र सेवा प्रदान गर्ने बताए। उनले यो सुविधा सम्पन्न जनकपुर आउटलेटले कम्पनीमा ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवासहित पहुँच प्राप्त गर्न सघाउनेमा विश्वस्त रहेको बताए।

प्रकाशित: १ कार्तिक २०८० ०२:१० बुधबार

जनकपुरमा पनि महिन्द्राको सोरुम अग्नी ग्रुप