अर्थ

एयरबस भित्र खुल्यो एभिएसन म्युजियम (भिडियो)

काठमाडौं- काठमाडौंमा एभिएसन म्युजियम खुलेको छ। उड्यान क्षेत्रको जानकारी दिने उदेश्यका साथ सिनामंगलमा म्युजियम खुलेको हो। म्युजियमको संरचना एअरवस भित्र रहेको छ। म्युजियमको अवलोकनको लागि जहाज भित्र प्रवेश गर्नु पर्छ। नेपाल नागरिक उड्यान प्राधिकरण र वेद उप्रेती ट्रष्टको प्रयासमा म्युजियम खुलेको हो। म्युजियम बनाउनको लागि ट्रष्टले ग्राउन्डेड एअरबस-३३० खरिद गरेको थियो। म्युजियम ७ करोड लगानीमा सञ्चालनमा आएको हो।

म्युजियमले युवापुस्तालाई नागरिक उड्यानतर्फ आकर्षित गर्ने, हवाइ इतिहाँसबारे जानकारी गराउने, नयाँ पर्यटकीय केन्द्र बनाउने लगायतका उदेश्य राखेको छ। ट्रष्टले धनगढीमा समेत एयरक्राफ्ट म्युजियम सञ्चालन गर्नुका साथै क्यान्सर पीडित विरामीलाई आर्थिक सहयोग समेत गर्दै आएको छ।

जहाजभित्र बनाइएको म्युजियममा ३ सय ५० भन्दा बढी जहाजका नमुना राखिएको छ। राइट ब्रदर्सले बनाएको जहाजको मोडल, एअरवस ३३० को गल्लास ककपिट, पहिलो र दोस्रो विश्वयुद्ध देखि अहिलेसम्म प्रयोग भएका फाइटर विमानहरु, नेपालको हवाइ सेवा र नेपाली आकासमा उडेका जहाजहरु, इक्वेरल हेलिकप्टर र जानकारी मुलक समाग्रीहरु राखिएको छ।

म्युजियम हरेक दिन १० बजे देखि साँझ ५ बजेसम्म खुल्ने छ। विद्यालयको सिफारिस लिएर आएमा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई निशुल्क प्रवेश दिइएको छ।

भिडियो:

 

 

प्रकाशित: १८ कार्तिक २०७४ १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App