अर्थ

स्टार हस्पिटलले सेयर जारी गर्दै

स्टार हस्पिटलले साधारण सेयर जारी गर्ने निर्णय गरेको छ। आइपिओ निष्कासनको प्रक्रिया अघि बढाउन हस्पिटलले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। हस्पिटलका तर्फबाट कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

हस्पिटलले ४० करोड रूपैयाँ बराबरको सय रूपैयाँ अंकित ४० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो। करिब ६९ करोड चुक्ता पुँजी भएको हस्पिटलसँग २५ प्रतिशत अग्राधिकार सेयरसहित ८५ करोड रूपैयाँ चुक्ता पुँजी रहेको अवस्थामा यो निष्कासनसँगै केही संस्थागत लगानीकर्ता, बिमा कम्पनी, प्राइभेट इक्विटी कम्पनी तथा निजी संस्थागत लगानीकर्ताहरू समेतको गरी चुक्तापुँजी दुई अर्ब रूपैयाँभन्दा माथि हुने जानकारी गराइएको छ।

प्रकाशित: ८ आश्विन २०८० ०३:१२ सोमबार

स्टार हस्पिटलले सेयर जारी गर्दै स्टार हस्पिटल