अर्थ

‘अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र उठाउनु पर्छ’

काठमाडौं-भौतिकयातायततथापूर्वाधारमन्त्रीवीरबहादुर बलायरले अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्रलाई ठोस रुपमा उठाउनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको यस वर्षको नाडा अटो सोउद्घाटन गर्दै मन्त्रीबलायरले यस्तो बताएकाहुन् ।

‘यस क्षेत्रले व्यापारिक स्वार्थभन्दा देशको आर्थिक समृद्धिको विषयलाई उठाउनु पर्छ ।मुलुकको पूर्वाधारलगायत सम्पूर्ण विकासकालागि अटो क्षेत्रको ठूलो भूमिका छ,’ मन्त्रीबलायरले भने ।

मन्त्रीबलायरले फरक प्रंसगमाभने,‘गाडी कुनप्रायोजनकालागिआवश्यक पर्नेहो । खुलाएमासरकारलेभन्सार मात्रनभई गाडी किन्नअनुदानदिनतयार छ ।’

साथै,उनले यातायात क्षेत्रको विकासकालागि सातै प्रदेशमा प्रिन्टर राखेर स्मार्ट लाईसेन्स वितरण गर्ने तयारीमा रहेको बताए । कार्यक्रममानेपालउद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालेअटोमोबाइल क्षेत्रलाई अनुत्पादक क्षेत्रका रुपमानलिनआग्रह गरे ।

‘गाडीलाई सडक जाम, प्रदूषण, अनुत्पादक क्षेत्र भनेर भनिन्छ,’ उनले भने, ‘यो गलतबुझाइहो । अटोमोबाइलबिनाउद्योग–धन्दा, कलकारखानाचल्नसम्भव छैन ।’

नेपाल चेम्बर अफकमर्सकाअध्यक्ष राजेशकाजीश्रेष्ठले उपत्यकामा २४ घन्टा सवारी साधन सञ्चालनकालागिवातावरण तय गर्न सरकारसँग आग्रह गरे।

अटोमोबाइल्स व्यवसायीले गाडी आयातगर्दातिरेकोभन्सार शुल्क सडक पूर्वाधारमालगाउनुपर्ने श्रेष्ठको भनाइ छ । ‘कुल बजेटको २० प्रतिशत हिस्सा अटोमोबाइल्स क्षेत्रले दिने भएकाले त्यसैअनुरुप सडकविस्तार सुधारमालगाउनु पर्छ,’ उनले भने ।

नाडाका अध्यक्षअन्जनश्रेष्ठले अटो मोबाइल क्षेत्र पारदर्शी र सबैभन्दा बढी राजस्वतिर्ने क्षेत्र भएको बताए । उनले नागढुंगा–कलंकी सडक खण्डमा अत्यधिकजामहुने भन्दै सो समस्याको समाधानगर्न सरकार समक्षआग्रह गरे। अध्यक्षश्रेष्ठले गाडीलाई उत्पादनशीलता बढाउने साधनका रुपमा राज्यले लिनुपर्ने बताए ।

नेपालको सडक राजनीतिकपहुँचको आधारमानभएर देशको अर्थतन्त्रको मूलआधारको रुपमाविकास गर्नुपर्ने अध्यक्षश्रेष्ठको भनाइ छ ।

१६ ब्रान्डका चारपांग्रे र १९ ब्रान्डका दुईपांग्रे

मेलामाहुन्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन, लगायत१६ ब्रान्डका चारपांग्रे सवारी साधन राखिएका छन्। यस्तैबजाज, यामाहा, हिरो, होन्डा, टिभिएस लगायत१९ ब्रान्डका दुईपांग्रे र टाटा, अशोक लेल्यान्ड, महिन्द्रालगायत ६ ब्रान्डका हेवीकमर्सियल सवारी साधनप्रदर्शनीमा राखिएको नाडा अटोमोबाइल्स एसोसिएसनअफ नेपालकाअध्यक्षअन्जनश्रेष्ठले जानकारी दिए।

मेलासवारी साधनको प्रदर्शनीमा बैंक तथावित्तीय संस्था, सवारी सुरक्षाप्रविधि, स्पेयर पार्टस् र लुब्रिकेन्टसका पनि स्टल राखिएको छ। 

विभिन्न ब्रान्डको फरक–फरक छुट

प्रदर्शकहरुले मेलामाखरिदकर्तालाई विभिन्न छुट तथाउपहारको व्यवस्था समेत गरेका छन् । सबै ब्रान्डका गाडीमा ७५ हजारदेखि सातलाख रुपैयाँसम्म छुट रहेको छ । यस्तै, मेलाअवलोकनगर्नेमध्येबाट एकजनाभाग्यशालीविजेतालाई युएमको रेनेगेड कमान्डो २३० बाइकप्रदानगरिने छ ।

५० हजार दर्शकले अवलोकनगर्ने

नाडा अटो सो मेला ५० हजार दर्शकले अवलोकनगर्ने आयोजकले अपेक्षालिएको छ । प्रदर्शनीमावित्तीय संस्था, नयाँप्राविधिकविकास, सवारी सुरक्षाप्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, ब्याट्री तथाअन्य एसेसरिजहरूको सहभागिता रहेको छ ।

मेलामादुईपांग्रे, चारपांग्रे, कमर्सियल गाडी तथावित्तिय संस्थाको लागि फरकफरक स्टल ब्लकनिर्धारण गरिएको छ । ९० वटा संस्थाका एक सय ३० वटा स्टल मेलामा छन् ।

बाढीपीडितलाईपाँचलाख

नाडा अटोमोबाइल्स एसोसिएसनअफ नेपालले मेलाको उद्घाटन कार्यक्रममा बाढीपीडितका लागिपाँचलाख रुपैयाँउद्योग वाणिज्य महासंघ मार्फत वितरण गर्ने घोषणा गरेको छ । नाडाका अध्यक्षअन्जनश्रेष्ठले उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई पाँचलाख रुपैयाँको चेक समेत हस्ताणतरण गरेका छन् ।

मेलाउद्घाटन सत्रमा नाडा अटो सोका प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरिवंशआचार्यसमेत सहभागीथिए । मंगलबार सुरु नाडा अटो सो १८ गतेसम्म सञ्चालनहुनेछ ।

प्रकाशित: १४ भाद्र २०७४ ०३:४८ बुधबार

अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र उठाउनु पर्छ