अर्थ

हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग

हिमालयन बैंकले महाराजगञ्जस्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ।

बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेशद्वार निर्माण गर्न तथा अस्पताल हाताभित्र रहेको बाल उद्यान र त्यसक्षेत्रको सौन्दर्य वृद्धि गर्न खर्च गर्ने भएको छ।

अस्पतालमा आयोजित एक कार्यक्रममा उक्त रकम प्रदान गर्ने सहमति भएको हो। सो कार्यक्रममा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गरेका छन्। 

प्रकाशित: १० भाद्र २०८० ०३:२२ आइतबार

संस्थागत सामाजिक उत्तरदायित्व हिमालयन बैंकद्वारा कान्ति बाल अस्पताललाई सहयोग