अर्थ

टाटाको ‘मनसुन म्याजिक’ क्याम्प हुँदै

यही साउन ८ गतेबाट नेपालभरि रहेका टाटा मोटर्सका सोरूमहरूमा ‘मनसुन म्याजिक’ क्याम्प सुरु हुने भएको छ।

नेपाली बजारमा इभी गाडीहरू प्रति ग्राहकको चासो बढिरहेको समयमा ग्राहकका प्राथमिक अनुरोध र मागलाई ध्यानमा राखेर कम्पनीले उक्त क्याम्प सुरु गरेको हो। साउन ८ गते सोमबारदेखि सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स सोरुमहरूमा ‘मनसुन म्याजिक एक्सचेन्ज क्याम्प’ सुरु हुँदैछ।

क्याम्पमा जुनसुकै ब्राण्डको गाडी टाटाको नेक्सन ईभीसँग साट्न सकिने व्यवस्था रहेको छ। साथै एकै ठाउँबाट गाडीको मूल्यांकन, न्यूनतम मूल्यांकन चार लाख, इन्स्योरेन्सको सुविधा, नयाँ गाडीका लागि ८० प्रतिशतसम्म फाइनान्सिङ लगायतका सुविधाहरू उपलब्ध हुने कम्पनीले जनाएको छ।

मनसुन क्याम्प एक हप्ताभरि काठमाडौं लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरि रहेका आधिकारिक टाटा मोटर्स सोरुमहरू सञ्चालन हुने कम्पनीले जनाएको छ।

प्रकाशित: ७ श्रावण २०८० ०३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App