अर्थ

पार्ले एग्रोको बि फिज बजारमा

भारतको सबैभन्दा ठूलो पेय पदार्थ कम्पनी पार्ले एग्रोले आफ्नो नयाँ पेय– बि फिज नेपाली बजारमा प्रस्तुत गरेको छ। 

स्याउको स्वादमा अद्वितीय र स्फूर्तिदायी यो माल्ट स्वादयुक्त कार्बोनेटेड पेय नेपालमा पहिलो पटक प्रस्तुत गरिएको हो।

बि फिज नयाँ स्पार्कलिङ फ्रुट ड्रिङ्क हो। यो वर्ष पार्ले एग्रोले नेपालमा एप्पि फिज प्रस्तुत गरेको थियो।

पार्ले एग्रोकी प्रबन्ध निर्देशक तथा सि।एम।ओ। नादिया चौहानले पार्लेले उपभोक्ताहरूलाई नयाँ स्वाद र नयाँ अनुभवहरूसँग परिचय गराउने प्रयास गरेको बताइन्। उनले सबै उपभोक्तामाझ पुग्न बि फिजको मूल्य ३० रुपैयाँ बाटनै सुरु गरेको बताइन्।

पार्ले एग्रोले एप्पी फिज र फ्रुटीका लागि आफ्नो विद्यमान वितरण सहकार्यलाई विस्तार गर्दै नेपालमा बि फिज वितरण गर्न विशाल ग्रुपको पेय पदार्थ कम्पनि साउथ एसियन बेभरेजेजसँग सहकार्य गर्दै छ।

साउथ एशियन बेभरेज प्रा। लिमिटेडका प्रबन्ध निर्देशक श्री आशिष अग्रवालले बि फिजको वितरण गर्नका लागि आफूहरु उत्सुक रहेको बताए।  

प्रकाशित: ३२ जेष्ठ २०८० १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App