अर्थ

टिइपिसीलाई प्रतिष्ठानमा बदल्नेबारे अध्ययन कार्यदलले प्रतिवेदन बुझायाे

काठमाडाैं– व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र(टिइपिसी)लाई व्यापार प्रवर्धन प्रतिष्ठानमा रूपान्तरण गर्न अावश्यक अध्ययनका लागि गठित कार्यदले अध्ययन प्रतिबेदन वाणिज्यमन्त्री राेमी गाैचन थकालीलार्इ बुझाएकाे छ।

वाणिज्य मन्त्रालयका सहसचिव रवि भट्टरार्इकाे संयाेजकत्वमा चैत १ गते गठित कार्यदलले टिइपिसीलार्इ प्रतिष्ठानमा रूपान्तरण गर्न अावश्यक कानुनी, सांगठनिक तथा अार्थिक पक्षकाे अध्ययन गरी प्रतिवेदन बुझाएकाे हाे।

वाणिज्य नीति, २०७२ मा उल्लेख भएअनुसार टिइपिसीलार्इ प्रतिष्ठानमा रूपान्तरणा गर्न लागिएकाे हाे। देशकाे निर्यात व्यापारलार्इ नयाँ दृष्टिकोणका साथ अघि बढाउने उद्देश्यले वाणिज्य नीति, २०७२ मा व्यापार प्रवर्द्धधन प्रतिष्ठान स्थापना गर्ने उल्लेख छ। 

प्रतिवेदन बुझेपछि मन्त्री थकालीले प्रतिष्ठान स्थापनाका लागि उक्त प्रतिवेदन महत्वपूर्ण दस्तावेज भएको बताए। प्रतिवेदनको अध्ययनपछि सबै निकायसँग समन्वय गरी अघि बढाउने प्रतिबद्धता उनले जनाए।

कार्यदलका अन्य सदस्यहरुमा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक तेजसिंह विष्ट, मन्त्रालयका उपसचिव मनोजकुमार आचार्य र रामजी दनाई थिए।

प्रकाशित: १८ चैत्र २०७३ ११:५६ शुक्रबार

टिइपिसीलाई प्रतिष्ठानमा बदल्नेबारे कार्यदलले प्रतिवेदन बुझायाे