सरकारले गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने भएको छ।
सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले गौतमबुद्ध र पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने बताएका हुन्।
त्यस्तै सरकारले विराटनगर, भैरहवा र नेपालगंज विमानस्थल स्तरोन्नती गरी क्षेत्रिय विमानस्थलका रुपमा विकास गर्ने भएको छ।
प्रकाशित: १५ जेष्ठ २०८० १२:०५ सोमबार