अर्थ

नमस्ते पेको क्युआर कोड सेवा सुरु

नेपाल टेलिकमले ‘नमस्ते पे’ को क्युआर कोडमार्फत विभिन्न सेवाको बिल भुक्तानी सहजै गर्न सक्ने सुविधाको सुरुआत गरेको छ। कम्पनीले हाल नेपाल टेलिकमको सुन्धारा र बबरमहल शाखामा रहेका सम्पूर्ण काउन्टरहरूमा क्युआर मार्फत भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको हो। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय काठमाडौं वागमती प्रदेशकी निर्देशक सविना मास्के प्रधान र नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ प्रवीणराज पोखरेलले उक्त सम्झौतापत्र आदानप्रदान गरेका छन् ।

निर्देशक प्रधानले नेपाल टेलिकमले आफ्ना काउन्टरहरूमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो पाइला चालेको उल्लेख गर्दै प्रयोगकर्ताहरूले नगद झिक्न बैंकमा जानुपर्ने झन्झटलाई कम गरी बिल भुक्तानीलाई सजिलो र छिटो बनाउन मदत गर्ने बताएका छन्।

यस्तै नेपाल डिजिटल पेमेन्ट्स कम्पनीका सीईओ पोखरेलले नगदरहित समाज सिर्जना गर्ने प्रयासमा यस कार्यले उल्लेख्य भूमिका खेल्ने बताए ।

प्रकाशित: २ जेष्ठ २०८० ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App