अर्थ

खुल्दैछ– युनाइटेड मोदीको १७ लाख कित्ता साधारण सेयर

काठमाडौं– युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले १७ लाख २५ हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ।

धितोपत्र बोर्डले कम्पनीलाई साधारण सेयर जारी गर्ने अनुमति प्रदान गरेको हो। यसअघि आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने अनुमतिसमेत पाइसकेको छ। बोर्डले करिब १५ प्रतिशत सेयर आमनागरिकलाई प्रदान गर्ने गरी स्वीकृति दिएको हो।

आयोजनाले आयोजना प्रभावितलाई ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनको स्वीकृति पाइसकेको छ। १० प्रतिशत स्थानीय, १५ प्रतिशत सर्वसाधारण र ७५ प्रतिशत प्रवद्र्धकको सेयर हुने छ।

सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई तोकिएको छ। सर्वसाधारण र स्थानीय बासिन्दालाई गरी कुल रु २८ करोड बराबरको २८ लाख कित्ता सेयर निष्कासन हुनेछ।

हाल सो कम्पनीले १० मेगावाट क्षमताको तल्लो मोदी आयोजना सञ्चालन गरिरहेको छ भने १० मेगावाट क्षमताको तल्लो मोदी २ निर्माणको तयारी गरेको छ । रासस

प्रकाशित: २७ माघ २०७३ ०९:५३ बिहीबार

खुल्दैछ– युनाइटेड मोदीको १७ कित्ता साधारण सेयर