नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा विजयी भएकी छिन्। महासंघको साधारणसभामा वस्तुगततर्फबाट महासंघको केन्द्रीय सदस्यमा ज्ञवाली निर्वाचित भएकी हुन्। ज्ञवाली महिला उद्यमी महासंघ नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै चुनावी प्रतिस्पर्धामा होमिएकी थिइन्। वस्तुगततर्फ १४ केन्द्रीय सदस्य पदका लागि २८ जनाले प्रतिस्पर्धा गरेका थिए। ज्ञवालीले ७२ मत प्राप्त गरेर विजयी भएकी हुन्।
ज्ञवाली महिला उद्यमी महासंघको वरिष्ठ उपाध्यक्ष छिन्। निर्वाचित ज्ञवालीले उद्यमशीलता विकास गर्न पहल कदमी लिने बताइन्। डेढ दशकदेखि महिला उद्यमी महासंघ नेपालमा आवद्ध ज्ञवालीले साना तथा मझौला व्यवसायी, युवालाई लक्षित उद्यमशीलता विकासमा काम गर्ने बताएकी छिन्। ज्ञवालीले स्वदेशमा उत्पादन वृद्धि गरेर व्यापार घाटा घटाउन आफूले काम गर्ने बताउँछिन्। युवामा उद्यमशीलता विकास गर्ने ज्ञवालीको योजना छ। ज्ञवाली नेपाल फिलिपिन्स चेम्बर अफ कमर्सकी अध्यक्ष हुन्। उनी महिला उद्यमी महासंघको कार्यकारी सदस्य, महासचिव, उपाध्यक्ष हुँदै अहिले वरिष्ठ उपाध्यक्षको भूमिकामा छिन्।
प्रकाशित: १ वैशाख २०८० ०३:३६ शुक्रबार