अर्थ

सिटिसी मोबाइल एक्स्पो – २०१६ सुरु

काठमाडौं– सिटिसी मोबाइल बजारमा विभिन्न छूट सुबिधासहित ‘सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६’ सुरु भएको छ। असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले शुक्रबार एक समारोहका बीच उद्घाटन गरे।

मोबाइल एक्स्पोको उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री महराले मोबाइलले सूचना प्रविधिको क्षेत्रमा क्रान्ति ल्याएको बताए। उनले आफू सञ्चार मन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल घर घरमा इन्टरनेटकोे बिशेष कार्ययोजना अनुसार नै नेपालमा सूचना प्रविधिको विकास भइरहेको दाबीसमेत गरे। आफ्नो सोही योजना नेपाल टेलिकमले थप ३५ लाख सिमकार्ड बजारमा पठाएको समेत जानकारी दिए।
 
वर्तमान युगमा जनताको भावनलाई समेट्दै अघि बढ्नुपर्नेमा पनि उनले जोड दिएका थिए। सिभिल ग्रुपका अध्यक्ष तथा सांसद इच्छाराज तामाङले मोबाइल एक्स्पोले मलको व्यवसायिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले मलमा रहेका व्यवसायीहरुको हितका पक्षमा मलले सबै खाले सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका थिए। उनले सिटिसी मललाई मल्टिपल सपिङ डेस्टिनेशनका रुपमा विस्तार गर्ने तयारी भैरहेको समेत जानकारी दिएका थिए।

त्यस्तै सामसङ नेपालका प्रणय रत्न स्थापितले नेपालकै ठुलो मोबाइल बजारमा आयोजना गरिएको मोबाइल एक्स्पोले कम्पनीको बजार प्रवद्र्धनमा समेत मदत पुग्ने अपेक्षासहित मुख्य प्रायोजक बनेको बताए ।

प्रकाशित: ७ आश्विन २०७३ १०:५६ शुक्रबार

सिटिसी मोबाइल एक्स्पो २०१६ सुरु