अर्थ

वाणिज्य बैंकको मोबाइल बैंकिङ अझ स्मार्ट

काठमाडौं— सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आइतबारदेखि आरबीबी स्मार्ट सेवा सेवा सुरु गरेको छ। यो स्मार्ट सेवा मोवाइलको एसएमएस र इन्टरनेट दुवैबाट चलाउन सकिनेछ।

यो सेवाको प्रयोगबाट ग्राहकले घरमै बसेर आफ्नो खाताको कारोबार, मौज्दात, दुई प्रतिशत छुटमा मोवाइल टपअप रिचार्ज, अन्तर बैंक रकम ट्रान्सफर, कर्जाको साँवा ब्याज भुक्तानी, चेकबुकको माग, अन्य मर्चेन्ट भुक्तानी, सिकायत, बैंकको शाखा तथा एटिएम लोकेसनको जानकारी आफ्नै मोवाइलबाट लिन सक्नेछन्।

एक पटक आफ्नो मोवाइल बैंकको सीस्टममा रजिस्ट्रेसन गरेपछि संसारको कुनै पनि कुनाबाट इन्टरनेटको माध्यमबाट संचालन गर्न सकिने बैंकले जनाएको छ। यो सेवा राष्ट्रिय वाणिज्य बैंकको १६८ वटै शाखा एवं ईलेक्ट्रोनिक बैंकिङ विभागबाट वार्षिक रुपमा रु १५० शुल्क तिरेर लिन सकिने छ।
मोबाइल सेवामा आवद्ध दुई लाख भन्दा बढी ग्राहकहरुकले यो सेवा तत्कालै प्रयोग गर्न सक्ने बैंकले उल्लेख गरेको छ।

प्रकाशित: ५ भाद्र २०७३ ०६:४८ आइतबार

वाणिज्य बैंकको मोबाइल बैंकिङ अझ स्मार्ट