अर्थ

सिभिल बैंकले चुक्ता पुँजीको ५‍ प्रतिशत बोनस सेयर दिने

सिभिल बैंक लिमिटेडले ५ प्रतिशत बोनस सेयर दिने भएको छ। कालिकास्थानस्थित अमृतभोग बैंक्वेटमा बिहीबार सम्पन्न १२औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनको लागि प्रतिसेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साथै सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति (एक्विजिशन) गर्ने सन्दर्भमा यस बैंकको १०० कित्ता सेयर बराबर हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१०० ८०.२८) कायम गरी प्राप्तिलाई अन्तिम स्वीकृति प्रदान गरेको छ।

साथै, यस बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने सम्बन्धमा भएको सम्पत्ती तथा दायित्वको मूल्यांकनकर्ताको नियुक्ती र निजलाई भुक्तानी गरिएको पारिश्रमिक, सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन (ड्यू डेलिजेन्स अडिट रिपोर्ट), समझदारीपत्र, तथा अन्तिम सम्झौता पत्र लगायतका सम्पूर्ण काम कारवाहीहरूलाई अनुमोदन गरेको बैंकले जानकारी दिएको छ।  

करिब ८ लाखभन्दा बढी ग्राहकहरूलाई ११५ शाखा, १३ एक्सटेन्सन काउन्टर तथा १०२ एटिएममार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले हालसम्म ९६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ८६ अर्बभन्दा बढी कर्जा लगानी गरीसकेको छ।

प्रकाशित: २९ पुस २०७९ ०७:०२ शुक्रबार

सिभिल बैंक लिमिटेड