अर्थ

हवाई भाडा घट्यो

सरकारले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ घटाएसंगै हवाई भाडा घटेको हो।  

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ८ सय ८५ रुपैयाँ भाडा  घटेको छ।अव काठमाडौ धनगढीको  दुईतर्फी भाडा भाडा १६ हजार १४० भएको छ।  

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६८५ रुर्पैयाँ भाडा घटेको छ। त्यसैगरी अब माउन्टेन फ्लाइटको अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम भएको छ। काठमाडौंबाट भद्रपुरका लागि ६०० रुपैयाँ भाडा घटेको छ।

त्यसैगरी विराटनगरलाई ४८५, जनकपुरका लागि २६०, भरतपुरका लागि २१५, पोखराका लागि ३२० भाडा घटेको छ। 

यस्तो छ नयाँ भाडादरः

प्रकाशित: २५ पुस २०७९ ०७:०४ सोमबार

हवाई भाडा इन्धनको मूल्य