अर्थ

चार अङ्कले सेयर बजार ओरालो

काठमाडौँ सेयर बजार आइतबार ४ अङ्कले घटेर १ हजार ७ सय १९ बिन्दुमा झरेकाे छ। अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार आज बजार खुलेको पहिलो दिनमै चार अङ्कले घटेको हो।

सेयर बजारको मापक निकाय नेपाल स्टक एक्सचेन्जका अनुसार आज १३७ कम्पनीको रु एक अर्ब ८५ करोड मूल्य बराबरको कारोबार भयो। आज मात्रै दुई लाख ८३ हजार ३०० कित्ता विभिन्न कम्पनीका सेयर कारोबार भयो ।

 नेप्सेका अनुसार आज लगानीकर्ता लघुवित्त कम्पनीको सेयरतर्फ आकर्षित भएका छन् । समग्रमा लघुवित्त कम्पनीको सेयर ६६ अङ्कले बढेको छ भने वित्त २९ र अन्य समूह चार अङ्कले बढेका छन् ।

सधैँ उकालो लाग्दै आएको बिमा समूह आज भने खुम्चिएको छ । सो समूहमा आज २२३ अङ्कले कमी आएको छ भने घट्ने सूचीमा बैंकिङ र जलविद्युत् समूह रहेका छन् ।

नेप्सेका अनुसार बैंकिङ समूह १३ र जलविद्युत् समूह सात अङ्कले घटेका छन् । सेयर बजार औसतमा घटे पनि केही कम्पनीका लगानीकर्ताले भने आज १० प्रतिशतको हाराहारीमा नाफा कमाएका छन्। रासस

प्रकाशित: १९ असार २०७३ १२:५६ आइतबार

अङ्कले सेयर बजार ओरालो