प्रवास

अष्ट्रेलियामा थारु समूदायको ‘मिट एन्ट ग्रिट’ कार्यक्रम

अष्ट्रेलिया – थारु सोसाइटी अष्ट्रेलियाले ‘मिट एन्ड ग्रिट’ कार्यक्रमअन्तर्गत पिकनिक कार्यक्रम आयोजना गरेको छ।  अष्ट्रेलियामा बसोबास गर्ने थारुहरुलाई एकताबद्ध गराउने उद्देश्यले खोलिएको यो संस्थाले त्यहाँ रहेका थारुहरुबीच आत्मियता कायम गर्न कार्यक्रम आयोजना गरेको जनाएको छ।

कार्यक्रममा एक सयभन्दा धेरैको उपस्थिति रहेको थियो। सिड्नीको टेम्पी पार्कमा आयोजित कार्यक्रममा सहभागीहरुले तिहार तथा छठको शुभकामना आदानप्रदान गरेका थिए। उनीहरुले थारुहरुको नयाँ वर्ष माघीलाई भब्यरुपले मनाउने प्रतिबद्धता पनि जनाएको संस्थाका पब्लिक रिलेशन अफिसर अरुण चौधरीले जानकारी दिए।

कार्यक्रममा नेपालका प्रतिनिधिहरु पनि सहभागी भएका थिए। थारु कल्याणकारिणी सभा मोरङका पार्षद प्रदीपकुमार विश्वास, सुनसरी झुम्काका चुमुकलाल चौधरी र दाङका भरथानी चौधरी सहभागी थिए।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका सचिव देव गुरुङ, एनएसडब्लु राज्यका महावाणिज्यदूत दीपक खड्का, नेपाल आदिवासी जनजाति मञ्च अष्ट्रेलियाका चित्र लिम्बु, लिल गुरुङ, लक्ष्मण गुरुङ, नेपाली टचका दिपेश पुन, राज के गोश्वामी, सन्तोष भण्डारी र अंकित सिंह पर्मर सहभागी थिए।

अष्ट्रेलियामा बसोबास गर्ने थारुहरुलाई छाता संगठन बनाउने उद्देश्यले दीपनारायण चौधरीको अध्यक्षता गत सेप्टेम्बरमा संस्था गठन भएको थियो।

प्रकाशित: २३ कार्तिक २०७५ ०५:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App