प्रवास

जापानमा विद्यार्थी लक्षित रोजगार सेमिनार

टोकियो- जापानको टोकियोमा नेपाली विद्यार्थी लक्षित वृहत रोजगार सेमिनार आयोजना हुने भएको छ। गैर आवासीय नेपाली संघ (एनआरएनए )जापानले  जापानमा आई अध्ययन पुरा गरि कामको खोजीमा रहेका नेपाली विद्यार्थीहरुलाई  लक्षित गर्दै  “जब हन्टिङ सेमिनार फर स्टुडेन्ट” को आयोजना गर्न लागेको हो। आउँदो  जुलाई ३ तारिख टोकियोको आसागायामा आयोजना हुने सेमिनारले नेपाली विद्यार्थीहरूलाई जागीर खोज्न सहयोग प्रदान गर्नेछ। विद्यार्थीको रूपमा जापान प्रवेश गरि यहाँको प्राबिधिक स्कूल तथा  विश्वविद्यालयको अध्ययन पुरा गरि जागिरको खोजिमा रहेका 

 एवं आगामी बर्ष पढाई पुरा गर्ने विद्यार्थीहरुलाई सहयोग पुर्याउने उद्देश्यले सेमिनारको गर्न लागिएको एनआरएनए जापानका अध्यक्ष तासी वांग्दी लामाले बताए। 

जापानमा नेपाली विद्यार्थीहरुको संख्यामा  उल्लेख्य वृद्धि भएसंगै,पढाई पश्चात् जागीर खोज्ने तरिकाका बारेमा नेपाली विद्यार्थीहरूले  मेसो नपाउँदा रोजगारी सम्बन्धि विभिन्न समस्या सृजना भैरहेका छन्। यस्तो अवस्थामा आयोजना गर्न लागिएको सेमिनारले कलेज सकिएता पनि कामका लागि उपयुक्त कम्पनी भेट्टाउन नसकेका विद्यार्थीहरुलाई काम पाउनका लागि महत्वपूर्ण अवसर हुने आयोजकले विश्वास लिएको छ।  नेपाली विद्यार्थीहरूका रोजगार सम्बन्धित समस्याहरुलाई सम्बोधन गर्ने लक्ष सहित

 एनआरएनए जापानले, आईएचएनओ  (International Human Resource Network  Organisation -IHNO) नामक एक प्रतिष्ठित जापानी कम्पनीसंगको सहकार्यमा सेमिनारको आयोजना गर्न लागेको एनआरएनए प्रवक्ता पर्शु बस्नेतले बताए। बस्नेतका अनुसार विभिन्न प्रकृतिका धेरै कम्पनीहरुको सहभागितामा सेमिनार गरिने भएकाले त्यहि सेमिनारबाटनै  धेरै विद्यार्थीहरुले जागिर पाउने सम्भावना रहेको छ। सेमिनारमा सहभागि हुन चाहने विद्यार्थीहरुलाई बायोडाटा (रिरेकिस्यो) का साथ सहभागिताको  लागि पनि एनआरएनले अनुरोध गरेको छ। 

 

प्रकाशित: ११ असार २०७५ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App