प्रवास

जापानवासी नेपालीले होली मनाए

जापान- टोकियोबासी नेपालीहरूले रंगहरूको पर्व फागु अर्थात् होली पर्व मनाएका छन्। आइतबार टोकियोको शिन ओकुबोस्थित तोयामा पार्कमा  भेला भएका नेपालीहरूले  होली पर्व मनाएका हुन्। एक आपसमा सप्तरंगी रङ दलेर खुसी साटासाट गरि होली पर्व उत्साहका साथ मनाईरहँदा जापानी नागरिकहरू अनौठो मानेर हेरीरहेका थिए।

‘ढिलै भएपनि होली मनाईयो’, टोकियो नजिकै बस्दै आएकी नुवाकोटकी सरु अधिकारीले भनिन्, ‘विदेशमा यसरी होली मनाउन पाउँदाको मज्जा नै अर्कै हुन्छ।‘ विदेशमा आफ्नो पर्व मनाउन पाउँदा गर्व लाग्ने गरेको म नेपाली ग्रुप जापानकि संयोजक स्मृति आचार्यले बताईन्। होली खेल्न टोकियो आसपासका शहरवासी नेपालीहरू समेत पार्कमा सहभागी भएका थिए।

 

 

प्रकाशित: २१ फाल्गुन २०७४ ०७:३५ सोमबार

जापानवासी नेपालीले होली मनाए