प्रवास

एमाले फ्रान्सको अध्यक्षमा वाग्ले

लण्डन—फ्रान्सस्थित नेकपा एमाले निकटसंस्था प्रवासी नेपाली मञ्चको अध्यक्षमा भक्तबहादुर वाग्ले चयन भएका छन्। प्रवासी नेपाली मञ्च फ्रान्सको आइतवार सम्पन्न पहिलो अधिवेशनले वाग्लेको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको हो।

कार्यसमितिको अन्य पदाधिकारीमा उपाध्यक्षमा अरुण गुरुङ, अनिल गुरुङ, महासचिवमा मिलन तामाङ, सचिवमा हेमेन्द्र क्षेत्री, कोषाध्यक्षमा लाल बहादुर सोडारी चुनिएका छन्। यस्तै १५ सदस्यि कार्यसमितिको सदस्यहरुमा घनश्याम पौडेल, दिनेश सुवेदी, अनिल गुरुङ, राम लामिछने र भुवन अधिकारी, चयन भएका छन्।

परिसमा आयोजित सो अधिवेशनको उद्धघाटन नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गरेका थिए। अधिवेशनलाई नेकपा एमाले केन्द्रिय सदस्य रामकुमारी झाँक्री, प्रवासी नेपाली मञ्च वेलायतका अध्यक्ष राजेन्द्र पुडासौनी, गैरआवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल लगायतले शुभकामन मन्तब्य दिएका थिए।

अधिवेशनमा प्रवासी नेपाली मञ्च वेलायतका पूर्वअध्यक्ष रामशरण सिमखडा लगायत युरोपस्थित बिभिन्न देशका प्रवासी नेपाली मञ्चका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति थियो ।

 

प्रकाशित: १२ भाद्र २०७४ १४:०२ सोमबार

एमाले फ्रान्सको अध्यक्षमा वाग्ले