प्रवास

फेसबुकमा स्ट्याटस लेखेर कोरियामा नेपालीद्वारा आत्महत्या

मृतक सुनिल अधिकारी

काठमाडौं— इपिएसमार्फत् कामका लागि दक्षिण कोरिया पुगेका एक नेपालीले फेसबुकमा जीवन अँध्यारो भएको स्ट्याटस लेखेर आत्महत्या गरेका छन्। देगु खांग्सान्‌स्थित फोजांग कम्पनीमा कार्यरत गोर्खाका सुनिल अधिकारीले 'सुसाइड नोट' लेखेर आत्महत्या गरेका हुन्।

२२ वर्षीय अधिकारीको इपिएसमार्फत दुई वर्षअघि कोरिया गएका थिए। सुसाइट गर्नु केही घन्टा अघि उनले 'लाइफ' लेखेर फेसबुक वालमा कालो रंग पोतेका थिए। 'भोलि बिहान उज्यालो हुन्छ ब्रो', उनका एक साथीले फेसबुकमै कमेन्ट गरेका थिए। फेसबुकमा उनले आफूले ठट्टा गरिरहेको जवाफ साथीहरुलाई दिए। त्यसपछि 'सुसाइड नोट' लेखेर आत्महत्या गरेको देखिएको छ।

अात्महत्या गर्नुको कारण खुल्न सकेको छैन। सोलस्थित नेपाली दूतावासले घटनाको पुष्टि गर्दै विस्तृत विवरणको प्रयास गरिरहेको जानकारी दियो। दूतावासका अनुसार अधिकारीको शव फोजांग प्रहरीले स्थानीय अस्पतालमा राखेको छ।

कामका लागि कोरिया मनोवैज्ञानिक समस्याका कारण आत्महत्या गर्नेको क्रम दिन प्रतिदिन बढ्दो छ। यसअघि कन्चनपुरका मोहनसिंह बुढापाल आफ्नै कम्पनी परिसरमा झुण्डिएर आत्महत्या गरेका थिए। गुल्मीका बिजय खत्रीले आफ्नै कोठामा गलबन्दीको पासो लगाएर आत्महत्या गरेका थिए।

प्रकाशित: २२ जेष्ठ २०७४ ०७:०५ सोमबार

फेसबुकमा स्ट्याटस लेखेर कोरियामा नेपालीद्वारा आत्महत्या