प्रवास

सडक दुर्घटनामा परी बेलायतमा एक नेपालीको मृत्यु

म्याग्दी- सडक दुर्घटनामा म्याग्दी दग्नाम स्थायी घर भई हालः बेलायतमा बसोबास गर्ने ७८ वर्षीया थमति पुनको मृत्यु भएको छ। लण्डनमा बस्ने पुनलाई शनिबार सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु भएको मोना युकेले जनाएको छ।

सवारीसाधनले ठक्कर दिएपछि उपचारको प्रयास भएपनि घटनास्थलमै मृत्यु भएको थियो। मोना युकेका महासचिव कुमार फगामीले घटनाले म्याग्देली स्तब्ध भएको बताए। उनले घटनाको प्रहरीले अनुसन्धान गरिरहेको बताए।

रोजागार, भ्रमण लगायतको सिलसिलामा विदेशीएका नेपालीलाई ट्राफिक जनचेतनाको अभावका कारण सडक दुर्घटनामा पर्ने गरेका छन्। बेलायत सेनामा कार्यरत नेपालीले आफ्नो अभिभावक र आफन्तलाई भ्रमणमा लागि बोलाउने गरेका छन्। 

प्रकाशित: ३ वैशाख २०७४ ०३:०८ आइतबार

सडक दुर्घटनामा परी बेलायतमा नेपालीको मृत्यु