कला

जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत जाँदै पल

फाइल तस्बिर

अभिनेता पल (पूर्णविक्रम) शाह जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन्।

नाबालिक बलात्कार अभियोग लागे शाहलाई मंगलबार नवलपुर जिल्ला अदालतले यौन दुराचारको मुद्दामा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको थियो।  

अदालतको पूर्णपाठ आउनै वित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरु रहेको पलका वकिल कमलामोहन वाग्लेले बताएका छन्।

प्रकाशित: २२ भाद्र २०७९ ०८:०३ बुधबार

अभिनेता पल (पूर्णविक्रम) शाह