कला

एकैसाथ दस लघुकथा कृतिको लोकार्पण

लघुकथा समाजको आयोजनामा एकैसाथ दस वटा लघुकथा कृतिको लोकार्पण भएको छ। नाट्यकर्मी अशेष मल्ल, निनु चापागाईं लगायतका स्रष्टाहरूले दश कृतिको सामुहिक लोकार्पण गरेका हुन्।

बत्तिस पुतलीस्थित तृप्त रेस्टुराँमा लोकार्पित लघुकथा कृतिहरूमा रञ्जुश्री पराजुलीको ‘जिउँदो सतीप्रथा’, विश्वराज अधिकारीको ‘पीरको आवाज’, कुमुद शर्मा प्याकुरेलको ‘छप्पन भोग’, ललिता दोषीको ‘महान् कविज्यू’, मनीष शर्मा समितको ‘हराएको शहर’, किशन पौडेलको ‘खुसी’, म्यामराज राईको ‘हाम्रो बाटो’, गायत्रीकुमार चापागाईको ‘गाईजात्रा’ र खेमराज पोखरेलको ‘श्रीवल्ली’ तथा ‘संयोग’ (सम्पादन) एकैसाथ  लोकार्पण गरिएको थियो।

खेमराज पोखरेलले सम्पादन गरेको ‘संयोग’मा  कात्यायन, डा. पुष्करराज भट्ट, निर्मला बराल, वन्दना घिमिरे, शान्ता तिम्सिना, श्रीराम राई, ललिता दोषी, शारदा दाहाल भण्डारी, सत्या अधिकारी, मिसु श्रेष्ठ, लता केसी, मधुसूदन प्रसाद घिमिरे, विमुन्स पौडेल, डा. शेखरकुमार श्रेष्ठ,  संगीता ढुंगाना दाहाल, मन्दिरा चापागाई, गंगा आचार्य सापकोटा र सम्पादक खेमराज पोखरेलका तीनतीन लघुकथा सङ्गृहीत छन्।

सार्वजनिक कृतिहरूमाथि प्राडा कुमार कोइराला, प्राडा हेमचन्द्र नेपाल, गोपाल अश्क र डा. पुष्करराज भट्टले फरकफरक  ढंगले समीक्षा गरेका थिए। टिप्पणीका क्रममा समीक्षकहरूले धेरै पढेर थोरै र गुणस्तरीय लघुकथा लेख्न सुझाएका थिए।

कार्यक्रमका विशेष अतिथि अशेष मल्लले लघुकथामा थोरैमा धेरै कुरा हुने भएकाले लघुकथा लेखन आफैमा गहन कार्य भएको बताए।

साहित्यकार निनु चापागाईले लघुकथा लेखनमा गति आएकोमा खुशी हुँदै आख्यानमा गुणात्मकतालाई पनि ध्यान दिन सर्जकहरूलाई आग्रह गरेका थिए।

कार्यक्रममा देवकी तिमिल्सिना, पवन आलोक, नरेन्द्रराज पौडेल, महेश प्रसाईं, लव गाउँले, गोविन्द गिरी प्रेरणा, प्रमोद प्रधान, ध्रुव मधिकर्मी, दिव्य गिरी, राजेश खनाल, राधेश्याम लेकाली, रामप्रसाद पन्त, युवराज मैनाली, विमल भौकाजी, प्रकाश घायल, हिरण्यकुमारी पाठक, गंगा कर्माचार्य, निशा केसी, मन्दिरा मधुश्री, विमला देवकोटा अधिकारी, नम्रता शर्मा, ममता मृदुल, देवा अधिकारी, मन्दिरा चापागाईं, कमला रानी, अश्विनी कोइराला, राजबाबु श्रेष्ठ सागर, संगीतकार सन्तोष श्रेष्ठ, जय छाङछा, प्रदीप पौडेल, यादव भट्टराई, रुद्र अधिकारी, भुवन पाठक, गोकुल अधिकारी, विक्रमभक्त जोशी, विनोद नेपाल, दीपक लोहनी, शंकर भारती, लीलाराज दाहाल लगायतका साहित्यकारहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम खेमराज पोखरेलको  संयोजन, तुलसीहरि कोइरालाको सञ्चालन र  लघुकथा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित: ३० जेष्ठ २०७९ ०८:५६ सोमबार

अक्षर