कला

भूगोलले चार कविताकृति एकैसाथ सार्वजनिक

‘भूगोल साहित्य समाज’ ले गणतन्त्र दिवसको अवसरमा चार कविताकृति एकैसाथ विमोचन गरेको छ।

‘अभिव्यञ्जना’ संयुक्त छेस्का कविता संग्रह, ओम आचार्यको ‘फूलको हार्दिकता’, एलपी पराजुलीको ‘छनक र काव्य सुधा’ रहेको छ। अभिव्यञ्जनामा कविहरू ओम आचार्य, किशन पौडेल, खगेन्द्रप्रसाद बस्याल, जयनारायण नेपाल, टंक पन्थ, मुरारीराज मिश्र, एलपी पराजुली, विनोद नेपाल र हृदय लेकालीका छेस्का कविताहरू संगृहित छ।

कवि पराजुलीको कृति ‘छनक’ छेस्का कवितासंग्रह र ‘काव्य-सुधा’ रम्बा संग्रह  भएको भूगोलले जनाएको छ। प्रकाशित काव्य कृतिहरू प्रमुख अतिथि प्राज्ञ देवी नेपाल, किरणकुमार श्रेष्ठसहितले संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा टंक पन्थले ‘फूलको हार्दिकता र छनक’ तथा दीपक सुवेदीले  ‘काव्य-सुधा’माथि समीक्षा गरेका थिए। डा.देवी नेपालले अभिव्यञ्जनाका काव्यहरू खिरिलो र चोटिलो भएको बताए।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले पनि बोलेका थिए। सो अवसरमा भारतको दार्जिलिङबाट आएका साहित्यकार, नेपाली भाषा आन्दोलनका योद्धा प्रा. तेजमान बराईलीलाई समाजले सम्मान गरेको थियो। कार्यक्रममा दार्जिलिङबाट आएका भाषासेवीहरू डा.शुक्रराज दियाली, प्रा. तेजमान बराइली लगायतले बोलेका थिए।

प्रकाशित: २१ जेष्ठ २०७९ ०७:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App