कला

‘म्युजिक इन द म्युजियम’मा गुन्जियो पाटन

संयुक्त राज्य अमेरिका र नेपालको द्वैत्य सम्बन्ध ७५ वर्ष पुगेको उपलक्ष्यमा विहीबार पाटन दरबारको भण्डारखाल बगैँचामा विशेष साङ्गीतिक कार्यक्रमको आयोजना भयो।

अमेरिकी दुतावासद्वारा आयोजित उक्त कार्यक्रममा कुटुम्ब तथा टुनाका कलाकारहरू साथै गायक बेल थापाद्वारा साङ्गीतिक प्रस्तुति दिइएको थियो। ‘म्युजिक इन द म्युजियम’ नामक उक्त साङ्गीतिक माहोलमा नेपाली तथा विदेशी युवायुवतीहरू रमाएका देखिन्थे।

महाभूकम्प–२०७२ ले नेपालका कयौँ मठमन्दिर तथा विभिन्न ऐतिहासिक धरोहरहरूमा क्षति पुर्‍याएको थियो। भूकम्पले क्षति पुर्‍याएका यस्ता सम्पदाहरूको जिर्णोद्धार सम्पन्न गरिएको खुसियाली समेत उक्त अवसरमा सङ्गीतमार्फत व्यक्त गरिएको थियो। 

प्रकाशित: २१ जेष्ठ २०७९ ०५:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App