कला

शालीन तिम्रो मुहार छ, मिठो बोली

गीत<br>

होमनाथ खनाल

 

शालीन तिम्रो मुहार छ,मिठो तिम्रो बोली,

आज मलाई भन्न मन छ,यो हृदय खोली।

रूप राम्रो,गुण राम्रो,राम्रो तिम्रो बानी,

सोच उच्च, विचार उच्च,मायालुकी खानी।

रिस–राग छैन केही,स्वच्छ तिम्रो मन,

जिन्दगीको सबैभन्दा,यही नै हो धन।

आफ्नु धर्म, आफ्नु कर्म, संस्कृतिलाई मान्ने,

इष्टमित्र पराई पनि, सबै आफ्नै ठान्ने।

दयालुकी खानी तिमी,ममताकी धनी

हेर्ने नजर अति राम्रो,सबैमाथि अनि।

ईश्वरको दया दृष्टि,सधैं परिरहोस्,

यात्राभरि जिन्दगीमा,सधैं सुख रहोस्।

प्रकाशित: ९ चैत्र २०७८ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App