विकल आर्त
ऊ दक्षिणतिरबाट तामझामका साथ विकासका आविष्कार र ऊर्जाहरू लिएर आउँदैछ भन्ने सूचना पाएर म उसको स्वागतार्थ पर्खिरहेको थिएँ। जिन्दगीको आधा उमेर पर्खिंदा पनि उसको अत्तोपत्तो थिएन। उसले आफैं म आइपुग्नै लागें। निराशा र दिक्दारीले छटपटाइरहेको बेला भनेको थियो गणतन्त्रले। म दक्षिण फर्किएको थिएँ। ऊ घुमेर आएछ। उत्तरतिरबाट मौका छोपेर पछाडिबाट भ्वाक्क भकुर्यो।
फर्केर हेर्दा दुई हात सिक्रीले जोडेर गिरफ्तार भएर आइरहेको देखियो। मेरो विकास हेर्ने अभिलाषा (सपना) सुरक्षाकर्मीले दिएको पहरा र अंगरक्षक बिचबाटै भीरबाटै खसालिदियो।
प्रकाशित: १९ माघ २०७८ ०५:५३ बुधबार