कला

स्कुटी सेवा

लघुकथा

दिलिप राई सगर

वर्षाको झम्के साँझ। म र विरे दरबारमार्ग घुमेर रत्नपार्क हुँदै आउँदैथ्यौं आँखा डुलाउँदै।सुनेकोथें–यताहुँदि यौनकर्मी पाउँछ।

– दाइ जाने हो?

–कति चार्ज?

–पन्ध्र सय। हल नाइट पाँच गज! एउटीले भन्दै गरेको सुनियो। सडकछेउ स्कुटी रोकेर हेल्मेट नखोली बोलेकाले अनुहार देखिएन। त्यो जवान स्कुटीमा चढ्यो र गयो।

ठमेल एरिया। अघिदेखि रंगीन बत्ती बलेर मान्छेहरूको चहलपहल हुँदैथ्यो। कैलो केसका अर्धनग्न युवतीहरू पव, बार, क्याफे र मसाजभित्र सलबलाउँदै थिए। विदेशी संगीत जोडले बज्दैथे। मादक परिवेश जो कोहीले बेग्लै अनुभव लिन सक्छन्।

अर्को राति विरेले कर गरेर घुम्न गयौं हामी। बाटाभरि युवतीहरूले छेक्दै सोध्थे। हामी एकएक ओटी स्कुटीवाली लिएर गयौं तिनेरुको रुम। काम सकेर फर्कियौं पनि। केटीले लुगा खोल्दै मेरो त सात्तो उडेको थियो। बाटामा फर्किंदा मैले विरेलाई सोधें, ‘ओई कस्तो सेवा दिई तिम्लाई?’

‘ह्या, पैसा मात्र गयो यार! बेकार आइयो’ मुख बिगार्दै बोल्यो विरे।

–किन के भयो?

– छक्का रहेछ नि केटी! क्या क्यट देखेर गएको त!’

मलाई पनि उस्तै क्षोभ लागिरहेको थियो। कोठामा आएर खाना पनि रुचेन अनि आराखा दन्काएर सुतें।

प्रकाशित: १५ माघ २०७८ ०६:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App