कला

कवितामा नयाँ आयाम

निबन्ध

छायादत्त न्यौपाने

नेपाली भाषा समृद्ध छ। यो बहुजाति नेपालीको विचार विनिमय गर्ने भरपर्दाे माध्यम हो। नेपाली कला संस्कृति वाङ्मयको समृद्धिका लागि यसको प्रयोग प्रचारप्रसार अनिवार्य छ। यसको नवीन अनि बलियो प्रयास हो साइनो सिर्जना!

साइनो नेपाली मनमाटोमा उम्रेको कविता हो। यो क्रमशः सात,आठ र नौ अक्षरका तीन पंङ्कि र चौबिस अक्षरको पूर्ण संरचना हो। कविता भएकाले यसमा अनुप्रास,बिम्ब,प्रतीक, अलंकार आदि तत्त्व रहन्छन्।

प्रत्येक पंङ्कि स्वतन्त्र भईकन फेरि समुच्च अर्थ दिनु यसको खास पहिचान हो। साइनोको प्रथम रचना–

मान्छे छैन इमानी

न शहरमा धन छ

न त झोपडीमा पिसानी!

२०७६/०४/१६ मा छायादत्त न्यौपाने बगरबाट भएको हो। हाल यसका अनुयायी सदस्य चार हजारभन्दा बढी छन्। हालसम्म २९ वटा पत्रपत्रिका र ११ वटा अनलाइन पत्रिकाबाट यससम्बन्धी सैद्धान्तिक लेख रचना प्रकाशित छन्। यस अवधिमा विशेषांक, साइनो सारथि संयुक्त संग्रह र  एकल संग्रह गरी ९ वटा पुस्तक प्रकाशित छन्। केही प्रकाशनको लहरमा छन्। केही अभियन्ता साथी सञ्जालमा वाचन गरी यसको प्रवर्द्धनमा लागिरहेका छन्।

साइनो नेपाली भाषा साहित्यको मौलिक पहिचान बोकेर विश्वव्यापी बनिरहेको छ। यसले नेपाली, संस्कृत, थारू, बाजुरेली, अंग्रेजी, हिन्दी लगायतका भाषामा रचिएर लोकप्रियता पाइरहेको छ। यसबाट  सिंगो नेपाली वाङ्मयको प्रवर्द्धनमा नौलो परिचय थपिएको छ। यो संसारमा छरिएर रहेका नेपालीको साझा सम्पदा हो। यसको संरक्षण र विकासमा ध्यान दिने दायित्व पनि यिनै नेपालीसँग छ।

प्रकाशित: ६ माघ २०७८ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App