प्रतिमा तामाङ
केटी–दैवले जुरायो यति टाढा भएर पनि, सधैं नजिक हुने गरी,
मित्रता बढ्यो हाम्रो यहाँ, भुलेर भुल्न नसकिने गरी।
केटा– हाँसेर नै खुसीसाथ बाँचेका छौं, बोकेर पिरती मुटुभरि,
बल्ल भेट भयो हाम्रो प्रेम भयो, कहिले नहोस् कमजोरी।
केटी– तिमी पारि छ्यौ म वारि छु,सिमाना छ खोला,
वारिपारि साँघु तर्दै भर्नुपर्छ, हामीले पिरतीको झोला।
केटा– मेरो उमेर सोधेर,नाम र ठेगाना खोजेर,
हरेक प्रश्नोत्तर गर्दै बुझ्न खोज्यौ,मेरो मन रोजेर।
केटी– खोल्दैछु मनको गाँठो, फैलाइदिन्छु अगाडि बढेर,
पीडित नबनौं हाम्रो मायाले, मलाई नै तिमीमा पोखेर।
केटा– विश्वास तिम्रो मलाई,मेरो विश्वास तिमीलाई यहाँ,
दुखसुख सेयर गर्दै मिलेर,बसेका छौं हामी सहारामा।
–सिलगुरी, भारत।
प्रकाशित: ६ माघ २०७८ ०४:४० बिहीबार