जीवन दाहाल
धेरै युगपछि फेरि मलाई मान्छे हेर्न मन लाग्यो र पृथ्वीतिर बरालिन झरें। इलामको श्रीअन्तु डाँडामा, सूर्योदय नहुँदै।
म पुग्नु अघिल्लै दिनदेखि हुनसक्छ, हुलका हुल मान्छे पनि पुगिसकेका रहेछ्न् त्यस ठाउँमा। जसले समाजका अग्रपंक्तिमा रहने गरी डाक्टर, प्राध्यापक, पत्रकार, वकिल, न्यायाधीश, कवि, लेखक, समाजसुधारक तथा विचारक आदिको दिग्गज हैसियत बनाएको छु भन्ने ठान्ने। भ्रममा बाँच्ने।
केही समयपछि सूर्योदय भयो पूर्वबाट। डाँडामा जम्मा भएका मानिसहरू छिर्लिङछिर्लिङ बाजा बजाउँदै प्रफुल्ल मुद्रामा स्वतन्त्रताको गीत गाउन र नाच्न थाले। सूर्योदयको दृश्यमा मन्त्रमुग्ध भएझैं। बाजा थिए आआफ्ना मालिकका नाउँ कुँदिएका नेल र हत्कडी।
अनि मैले तिनै मान्छेहरूले भन्दै गरेको सुनें, ‘यो त के हो र सराङकोटको अगाडि।’
सुन्नु के थियो। इच्छा भ्रमणको सामथ्र्य राख्ने मेरो सूक्ष्म काया तुरुन्तै सराङकोटमा उत्रियो।
सराङकोटमा पनि उस्तै मानिसहरूको उस्तै हुल जम्मा भएको थियो तर साँझको प्रतीक्षामा।
प्रकाशित: १ माघ २०७८ ०८:१६ शनिबार