कला

निहारिका र गोविन्दलाल सिं पुरस्कृत हुँदै

गंकी धुस्वाँ–बसुन्धरा प्रतिष्ठानले प्रेस विज्ञप्ति प्रकाशित गरी आफ्ना दुई पुरस्कार घोषणा गरेको छ।

प्रतिष्ठानका सचिव प्रतिसरा सायमीद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति अनुसार विसं २०७८ सालको गंकी धुस्वाँ–बसुन्धरा पुरस्कार उपन्यासकार निलम कार्की निहारिकालाई र धुस्वाँ सायमी सिर्जना पुरस्कार कलाकार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने निर्णय गरिएको छ।

दुवै पुरस्कारको राशि  रु. ५० हजार र ताम्रपत्र रहेको छ। निहारिकाले ‘द्रौपदी अवशेष’ का उपन्यास लागि उक्त पुरस्कार प्राप्त गरेकी हुन्।

गंकी धुस्वाँ–बसुन्धरा पुरस्कारको लागि साहित्यकार विमल भौकाजीको संयोजकत्वमा कवि नवीन चित्रकार र कवि प्रतिसरा सायमी सदस्य रहेको समिति तथा धुस्वाँ सायमी सिर्जना पुरस्कारको लागि कलाकार हरिप्रसाद वैद्यको संयोजकत्वमा कवि सुरेश किरण मानन्धर र कवि प्रतिसरा सायमिसहितको छनोट समिति गठन गरिएको थियो।उक्त पुरस्कार आउँदो माघ १ गते प्रदान गरिने छ।

प्रकाशित: १७ पुस २०७८ ०५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App