कला

कुसंस्कारहरूको दाहसंस्कार

कविता

सोनाम सज्जन किराती

 

कुसंस्कारहरूको दाहसंस्कार गरेर  

म छिट्टै फर्कनु छ

मेरो उडानको आखिरतिर

जब कि तिमीले मेरो पखेटाहरू काटेर  

भुसिया कुकुरलाई दिन चाह्यौ  

कैयौं दिनको भोकलाई उस्ले बोकेर

नखाइरहेको होला भने  

र मैले मेरो चुट्टिएको पखेटामा उसको लुछाई  

स्वाभाविक माने

मैले विरोधको वि पनि उच्चारण गरिन

किनकि तिमी त मेरो

तत्त्व लुटिरहेछौ

म बिहानी भएर क्षितिज उघार्दै गर्दा

अन्धकारको काबुमा लगेर  

तिमीले मलाई बलात्कार गर्छाै  

तसर्थ म पारिजातको नहुर्किएको कविता बनेर  

म सुनाउँछु संसार

जब संसार तिम्रो काला कर्तुतहरू च्यात्ने  

मौसममा बदलिन्छन्

तब म दिउँसोको प्रखर प्रकाश भएर

तिम्रा छात्तीभित्रको विचार कुल्चन्छु

म यही यथार्थ सजाएर

हजार बिहानी बलात्कृत हुन दिन्न

त्यस्तो बलजफ्तीलाई त्याग्न बाध्य गराएर

मेरा काटिएका पखेटाहरूको सपना साकार बनाउने छु  

हरसाँझ म यही लेखेर  

तिम्रो बिदाई गर्छु।

प्रकाशित: २० भाद्र २०७८ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App