कला

लाकोजूको मकरको कथा

नयाँ कृति

नेपाली साहित्य र साहित्यिक पत्रकारितामा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार सूर्यप्रसाद लाकोजूको ‘मकरको कथा’नामक बालचित्रकथा प्रकाशित भएको छ। बालकथा पनौतीमा १२ वर्षको एक पटक लाग्ने मकरमेलाको आख्यान मा आधारित छ। कथामा  प्रकाश रंजितको चित्र छ।  

नेपाली साहित्यका कविता, निबन्ध, हाइकु, नियात्रा, कथ अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका भावनाका फूलहरू, फूलहरूको मेला, पर्श, मेरो मन मेरो मीत, पनौती, पनौतीको बाह्र वर्षे मकरमेला, स्मृतिका आलेखहरू, प्रेरणाको चौतारी,  गुराँस फुल्ने मन, कोपिला, केही काभ्रेली अक्षरकर्मीहरू, घामको चुम्वन, अक्षरका स्वरहरू, सुसेली , यःमरी, घाम उदायो, शाश्वत स्वरहरू, मेरो घाम, फूलैफूल, साथी, मेरो सानो घर, आसामको स्पर्श, दिवाकरका चुम्वन गरी  दुई दर्जन जति साहित्यि कृतिहरू प्रकाशित छन्।

प्रकाशित: १५ श्रावण २०७८ ००:५८ शुक्रबार

अक्षर