प्रकाश खड्का “अभियान”
घर जाने बाटोनेर मन्दिर पर्छ भन्थिन्। मन्दिर पुगेपछि दिदी र म दर्शन गरेर फर्कदै थियौ। मेसेंनजर मार्फत झाँगिएको हाम्रो माया मा विवाहमापरिणत हुँदै थियो। दर्शकपछि, मन प्रफुल्लित थियो। फर्कने क्रममा, कतै उनको घर यी भिक्षा माग्न बसेकी आमैलाई पो थाहा छ कि ? भनेर सोधिहाले।
– आमा ! यिनको घर कहाँ भनेर हजुरलाई थाहा होला!
फोटो देखेपछि,आश्चर्य मान्दै ‘चिन्छु, तर उनी को पर्छिन् नि बाबुको ?
यी दुवैले एक अर्कालाई मन पराएछन्। कुरो टुंगो लगाऊँ भनेर हिंडेको। बिहेपछि दुवै अमेरिका जान्छन्। दिदीले जवाफ दिनुभएथ्यो।
आँखाभरि आसु पारेर सारै मिजासिली , संस्कारी, ठुलाबडाको आदर सत्कार गर्ने, औधी राम्री छिन्। हजुरहरूको माया राधाकृष्णको जस्तो अटुट होस्। भनेर आमाले आशीर्वाद दिँदै घर चिनाइदिनुभयो।
घर पुगेपछि थाहा भयो– आमाबुबा सानैमा बित्नुभएको रहेछ। दाजुभाउजूले हुर्काएका रहेछन्। सुनेर दुख लाग्यो। दुख भोगेकी केटीले पक्कै मेरो भावना बुझ्ने छिन्। उनलाई संसारको सबै खुसी दिनेछु भन्ने भावना पौडदै थिए। अचानक मेरो आँखा फोटो एलबममा परर्यो। फोटो हेरेपछि हामी सशंकित भयौ । धन्य ! उनीहरूले देखेनन्।
चांडै कुरो टुंगो लगाउला भनेर हामी फर्कियौ।
बाटामा दिदीले ‘के भयो ? किन तिम्रो अनुहार मलिनो छ ?’ भनेर अनेक प्रश्न सोध्नुभयो ?
जवाफमा भने– जुन केटीले आफ्नो जिउँदो आमालाई मरेको भन्छिन्। जसको आमा, छोराछोरी भएर पनि मन्दिरमा मागेर बसेकी छिन्। झन् ! उनको प्रेमीलाई कान्छा दाइ भनेर चिनाउँछिन्। फोटो एलबमले सबै छर्लंग पार्यो दिज्यु। के अझै ऊसंगको मेरो प्रेमले गति लेला र . . . ?
प्रकाशित: १३ श्रावण २०७८ ०५:५३ बुधबार