कला

मेरो देश

बालकविता

गङ्गा कर्माचार्य पौडेल

 

मेरो देश नेपाल

तराई,पहाड, हिमाल,

कुहू–कुहू कोइली  

मिठो गीत गाउने,

शिरमा कल्की ढल्काउँदै

डाँफे चरी नाच्ने

उफ्री–उफ्री हरिणका

पाठापाठी खेल्दछन्,

को आफ्नो को पराई,

मिलेर बस्दछन्  

हरियो वन जोगाऔं,

देश सुन्दर बनाऔं

संसारभरिका पर्यटक बोलाऔ।

प्रकाशित: ४ श्रावण २०७८ ०५:३७ सोमबार

अक्षर