सिर्जना जबेगु
आहा! सुन्दा कति मिठो लाग्ने शब्द तर त्योभित्रको आफ्नै आत्मकथा साथै पृथक् किसिमका संघर्षका कहालीलाग्दो उतारचढाबहरू लिएर सुनौलो भविष्यको कल्पना बोकेर आफू र आफ्नोे खुकुरीको धारमा जीवन बिताइरहेका ती प्यारा लाहुरे दाइको कथा सुन्दा मिठो लाग्ने अनि चाख लगाएर सुन्ने गरिन्थ्यो बाजेहरूको मुखबाट।
घरमा बुढी आमा, बच्चा जन्माउन लागेकी श्रीमती र स्कुल पढ्दै गरेकी प्यारी बैनीलाई छाडेर म लाहुरे प्रदेशिन बाध्य हुन्छु । के गर्नु यो पापी पेट नभएको भए सायद यस्तो कसैले भोग्नु पर्दैन थियो होला! कसलाई रहर हुन्छ र प्रदेशिन ? यो रहर हैन बाध्यता हो म र मेरो परिवार अनि यो देशको निम्ति ।
भाग्यको खेल भनौं या त भावीकै लेखा पनि कस्तो अचम्मको! लाहुरेकोे जीवन पाएको सम्झिदा त आफैलाई गर्व लाग्छ वाहा! क्या इज्जत अनि परिवारबाट टाढ हुँदाको पीडा त्यो समानले के गर्नु आफूभित्रको वेदना अनि परिवारबाट टाढा हुँदाको पीडा त्यो समानले नदिँदोरहेछ।
घरमा रहेकी प्यारी श्रीमतीको फोटो देब्रेपट्टि छातीको धड्कनमा टाँसिने गरी गोजीमा राखेर विचारा म लाहुरे घाम–पानी नभनी सिमानामा आफ्नो कर्तव्य पूरा गरिरहन्छु। थोरै खुशीमा नै सन्तुष्ट हुनुपर्ने यो लाहुरेको रहर होइन बाध्यता हो बाध्यता। सपनाहरूको बलि चढाइएको ती दिनहरू अनि मनमनै आफूलाई रुवाएर पनि देशको निम्ति बलिदान दिनु तयार लाहुरे दाइहरूको वीरगाथा सुन्नु पाउँदा औधी आनन्दित हुन्छ । त्यो मन सायद ! त्यही भएर होला सबैको प्यारो हुन्छन् लाहुरे दाइहरू !
प्रकाशित: २५ असार २०७८ ०८:४० शुक्रबार