कला

मुटुभित्र छ घाउ

मुक्तक

अमृत भट्टराई

 

              १) 

शब्दले छुन्छ मन्, हुन्छ सौदामिनी,

फूलको बागझैं, लाग्दछिन् कामिनी।

जादु त्यो मोहनी, नागको रापझैं,

लाग्छ औँसी झनै, पूर्णिमा यामिनी।

 

                  २) 

मुटुभित्र छ घाउ पोल्छ मलम लाउन नि सकिन,

घाइते मुटु लिएर आउन खोजेँ आउन नि सकिन।

तिम्रो यादमा हरदम मेरो मुटु पोल्छ, दुखिरहन्छ

किन होला यो मुटुमा त्यो मुटु धड्काउन सकिन?

 

                     ३) 

हँसिया बाङ्गो छ, तरबार सिधा छ; आखिर दुवै औजार हुन्,

काममा लगाउ, काम लाग्छ नत्र; दुवै हत्याका मतियार हुन्।

रूप फरक लाग्छ, सर्वहारा हँसिया; तरवार शासक हो,

साथी बुझ्नुपर्छ! भिन्न शस्त्रका शिर, शत्रुका खातिरदार हुन्।

 

                   ४)

 रातको उज्जरता मेट्न, टुकी निभाए पुग्छ,

तेल नथप, शिखा क्षणिक बल्छ; पाला सुक्छ।

हो, जीवन दीप शिखा नै हो,बल्छ बल्नलाई,

निभ्छ! ऊर्जा आत्मविश्वास र कर्मनिष्ठामा छ; जो बुझ्न चुक्छ।

प्रकाशित: २१ असार २०७८ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App