कला

बादलु रानी

बालकविता

ललिता  ‘दोषी’

 

सरसर–सरसर उड्छौ साथी !

कहिले तलतल कहिले माथि

कहिले  बन्छौ माछा, गोही

कहिले गर्छौ गडगड रोई

 

कहिले  छेक्छौ चन्द्रसूर्य

धर्ती पार्छौ घोर अँध्यारो

कहिले हिँड्छौ सुस्तसुस्त

कहिले हिँड्छौ चाँडोचाँडो  

                                   

कहिले सेतो, कहिले कालो  

कहिले देख्छु  जालोजालो

सिमसिम पानी तिमी नै पार्छौ  

सेतो असिना तिमी नै झार्छौ  

 

झरझर पानी बनी झर त

सुक्खा बोटहरूमा पर त  

सबैले भन्छन् बादलु रानी  

सधैँ हिँड्ने छ तिम्रो बानी।

प्रकाशित: १३ असार २०७८ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App