संगीता दाहाल
संसारको रित नै हो, छोरी ठूली भएपछि विवाह गरिदिनुपर्ने , मुनाले पढाइ पूरा गरिसकेकी थिइन् । मुनाको परिवारले, उनको विवाहका लागि केटा तयार गरिसकेका थिए। विवाहको मिति तोकियो। मुनाले आफ्ना साथीसँगीबाट दाम्पत्य जीवनबारे धेरै थरी कराु सुनेकी थिइन्।
विवाहको दिन आयो, परिवारका सबै सदस्य खुसी थिए र उनी पनि। मुनाले आफ्नो जीवनको महत्वपूर्ण परिवर्तनलाई सहस्र स्वीकारी।
उनी छोरीबाट बुहारीको रूपमा नवगृह प्रवेश गरिन् । उनीलाई हेर्न प्रायः महिला र केटाकेटीहरू जम्मा भएका थिए, मानौं ऊ विश्वसुन्दरी हो।
विवाहको पारम्परिक विधिहरू पूर्ण भयो। मुना नयाँ कोठामा हजुरआमाले कथामा सुनाएझैं आफ्नो राजकुमारको पर्खाइमा थिइन्।
मनमा अनगिन्ती कल्पना सलबलाइरहेका थिए । नयाँ घरपरिवार, श्रीमान् र सुहागरातबारे सोचेर लाज मान्दैथी।
पल्लो कोठाबाट केही आवाज आएर उसको कानमा ठोक्किन्छ । ऊ भन्दै थियो– आमा मैले हजुरका लागि बुहारीको रूपमा पैसा छाप्ने मेसिन ल्याइदिएको छु।’
मुना झसङ्ङ भई । अनगिन्ती सुनौलो सपनाहरू पलभरमा चकनाचुर भयो । ऊ कर्तव्यविमूढ भई।
उसले बुझ्न सकिन – ऊ कस्तो धरातल मान्छे?
प्रकाशित: १२ असार २०७८ ११:०० शनिबार