कला

बिर्सिएको माया

लघुकथा

मिलन समिर 

 

गुनेले राधिलाई पानीसँगै सिटामोल खान दियो। त्यसपछि तरकारी टिप्न बारीमा पस्यो।  

ज्वरोले रन्केकी राधिलाई टाउको पनि बेसरी दुखेको छ ।  जाउलो खान दियो । तातो पानी तताएर राखिदियो । हातमा पैसा छैन। कार्की  मास्टरसँग एक हजार सात सय सापटी मागेर अस्पताल लिएर गयो । डाक्टरले चेकजाँच गरेर दवाई दिए।

तीन दिनको ज्वरोले राधिले संसार छोडी।  

बिरामी हुँदा वास्ता नगरेको  पनि हैन ठूलो अस्पताल लैजान सकिन भनेर पछुतो मान्यो।

ज्वरोले मरेकी राधिको रिपोर्ट मृत्युपश्चात् कोरोना पोजेटिभ भनियो। राधिबिना कसरी बाँच्ने गुनेले कोकोहल गरेर रोयो।  

आर्मी आएर लाश लगे। गुनेले सोच्न सकेन। सबैले हेला गरे पनि गाविसबाट आएका मान्छेले आइसोलेसनमा लगे। पन्ध्र दिनपछि घर आयो। घरमा बस्न मन लागेन। मन नलागे पनि बस्यो। कोरोना बिस्तारै घट्दै गएपछि गुनेले पविलाई फकायो।पवि आएको हप्ता दिनमा गुनेले राधिलाई बिर्सियो।

प्रकाशित: २९ जेष्ठ २०७८ ०९:३३ शनिबार

अक्षर