कला

दिमागमा पिपल रोप सरकार अक्सिजन मिल्छ

गजल

बालकृष्ण गजुरेल

 

दिमागमा पिपल रोप सरकार अक्सिजन मिल्छ,

लाज लागे अनुहार छोप सरकार अक्सिजन मिल्छ।

 

जनताले दुःख पाए के हुन्छ महलमा बस्नेलाई ?  

किन ल्याउनु पर्यो खोप सरकार अक्सिजन मिल्छ।

 

युवाजति  विदेशतिर लखेटी आसेपासे राखी,  

समृध्दि हुन हुन्न लोप सरकार अक्सिजन मिल्छ।

 

लज्जा हुन सम्मान बाँकी रहनु पर्दछ अस्तित्वको,

फोहोरमा अनुहार चोप सरकार अक्सिजन मिल्छ।

 

देशवासी दास हुन् क्यारे  जसो गरे पनि हुँदो रैछ,

लाशको बना गोली तोप सरकार अक्सिजन मिल्छ।

प्रकाशित: १९ जेष्ठ २०७८ १२:२८ बुधबार

अक्षर