कला

प्यारो मेरो बाबा

बालगीत

विश्वविनोद

 

कापी, कलम, किताब दिनुहुन्छ खाजा,

मलाई साह्रै माया गर्ने मेरो प्यारो बाबा।

 

सुत्ने बेला रातमा सधैं कथा भन्नुहुन्छ,

आकाशमा देखाएर तारा गन्नुहुन्छ ।

हामीलाई भन्नुहुन्छ रानी अनि राजा,

मलाई साह्रै माया गर्ने मेरो प्यारो बाबा।

 

मेला लाग्दा काँधमा राखी मलाई बोक्नुहुन्छ,

मैले नाच्दा मेरो बाबा मादल ठोक्नुहुन्छ।

बजारबाट ल्याउनुहुन्छ झ्याइँ–झ्याइँ गर्ने बाजा,

मलाई साह्रै माया गर्ने मेरो प्यारो बाबा।

प्रकाशित: १६ जेष्ठ २०७८ १०:३५ आइतबार

अक्षर