कला

नभन्नु, छिनमै आकाशका तारा झार्छु

मुक्तक

विनोद नेपाल

 

 १)  मुक्तक

नरमाऊ ओरालीमा, उकाली पो चढ्नुपर्छ,

आँधीहुरी जेजे आउँछन्,जुध्दै अघि बढ्नुपर्छ।

सोचे जस्तो कहाँ हुन्छ, जिन्दगीको यात्रा सधैं,

चुनौती र बाधासँग साहसले लड्नुपर्छ।

 

२) मुक्तक

नभन्नु, छिनमै आकाशका तारा झार्छु,

सबै मेरै वशमा, मेरै मुठीमा पार्छु।

गफ त लगाउँछन्, सबै गफाडी यहाँ,

नभन्नु, लौरोबिना उर्लंदो खोला तर्छु।

 

      ३) मुक्तक

थाहा छ सबैलाई उज्यालै प्यारो हुन्छ,

नभए उज्यालो दिउँसै अँध्यारो हुन्छ।

भन्नु मात्रै सजिलो, हुँदैन सोचे जस्तो

नसम्झनेलाई भुल्न, झनै गाह्रो हुन्छ।

प्रकाशित: २९ वैशाख २०७८ ०३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App