कला

यात्रामा

कविता

यात्रामा  

कोही  

वायु वेगमा दौडिन्छन्  

र गन्तव्य नभेटेरै  

अलपत्र पर्छन्न

कोही  

शंखेकीराझैं

घस्रिँदाघस्रिँदै 

गन्तव्यमा नपुग्दै  

यात्रा विसर्जन गर्छन्  

त्यसैले,

सन्तुलन आवश्यक छ  

हरेकको यात्रामा  

ताकि,  

निरूद्धेश्य  

हतारो नहोस्  

समयभन्दा धेरै ढिलो  

यात्राको  

गति पनि नहोस्।

प्रकाशित: २८ वैशाख २०७८ ०१:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App